मोरङको विराटनगर–८ स्थित जिल्ला कारागारभित्र कोरोना संक्रमण फैलिएकाे छ । संक्रमण भएर अस्पताल भर्ना हुनेको कैदीबन्दीको संख्या २३ पुगेको हाे । संक्रमितलाई कोशी कोभिड–१९ अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार ४८ जना ज्वरो आएका कैदीबन्दीको नमूना संकलन गरिएको छ । यसअघि, कारागार प्रशासनले बिहीबार उपचारका लागि अस्पताल भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको थियो । तर, मृत्युको कारण कोभिड नै हो भन्ने पु्ष्टि भइसकेको छैन ।मृत्यु हुनेमा ३९ वर्षीय कैदी निरबहादुर नेपाल छन् । उनको मृत्यु भने कोरोनाका कारण नभएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए । स्थानीय प्रशासनले कारागारकासबैकैदीबन्दीहरुलाई कोरोना विरुद्ध लगाइएको खोपको विस्तृत विवरण पनि माग गरेको छ ।शुक्रबार आकस्मिक बसेको कोभिड क्राइसिस मेनेजमेन्ट समितिको बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कोशी कोभिड अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।