काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका पाँच जना घाइते

काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनु्सार मध्यरातमा पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेको थियो ।

त्यसक्रममै चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । घाइतेहरुको हाल मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

IME Remittance