सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा ‘टिनएजर’ (किशोर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् ।
गोलन्जोर गाउँपालिका–४ का १८ वर्षीय खपांगीको उचाइ ७३.४३ सेन्टिमिटर(२ फिट ४.९ इन्च) छ । उनलाई सोमबार पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीले प्रमाणपत्र दिएका हुन् ।