जेठ २० । नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीव खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको बीबीसीले जनाएको छ ।
पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ। एप्रिल ६ मा पर्सिभिअरन्सले आफ्नो सेल्फी खिचेको थियो।यो तस्बिर ६२ वटा तस्बिरहरू जोडेर बनाइएको हो। एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।
यस्ता छन् पर्सिभिरेन्सले पठाएका तस्बिरहरू