काठमाडौँ, २२ साउन । नेपालमा कोरोनाभाइरस महामारीको तेस्रो लहरको लगभग पूर्वार्धमा रहेको सङ्केत देखिएको बताउँदै औषधोपचारलाई मात्र त्यसबाट जोगिने उपायका रूपमा नहेरी स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालनामा जोड दिन स्वास्थ्य अधिकारीले सबैलाई सजग गराएका छन्।
ूहामी यतिखेर तेस्रो लहरको लगभग पूर्वार्धमा आइसकेका छौँ,ू स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी भन्छन्, यतिखेर अस्पतालमा कोभिड भएर आउनेको सङ्ख्या फेरि बढ्न थालेको छ।
ूतर अस्पतालबाहिरको व्यवहार भने महामारी नभएजस्तो परस्पर उल्टो छ। देशको एक प्रमुख सरुवा रोग अस्पतालमा सबै शय्याहरू कोभिडका बिरामीले भरिएको बताउँदै त्यहाँका चिकित्सकले त्यसलाई विगतमा झैँ देशकै अवस्थाको प्रतिविम्बूका रूपमा बुझ्नुपर्ने बताएका छन्।
काठमाण्डूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ९टेकु अस्पताल० मा सघन उपचार कक्ष, भेन्टिलेटरदेखि वार्ड पनि कोभिडका बिरामीले भरिएपछि अहिले अस्पताल परिसरमा शय्याहरू थपिएको चिकित्सकहरूले बताएका छन्।
खोप केन्द्रमा लागेको मानिसहरूको भिडले सङ्क्रमण बढ्न सक्ने चिन्ता बढेको छ । उक्त अस्पतालका क्लिनिकल रिसर्च एकाइ प्रमुख डा। शेरबहादुर पुनले अहिलेसम्म सङ्क्रमित नभएका, खोप नलगाएका र पहिलो लहरतिर सङ्क्रमित भएका मानिसहरू यतिखेर फेरि बिरामीका रूपमा टेकु अस्पतालमा आउने थालेको बताए। बीबीसी