काठमाडौँ १२ असार । सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्नुपर्ने भएको छ ।
नत्र उनीहरु खाडी मुलुकमा काम गर्न जान पाउने छैनन् । हालै मात्र खाडीका मुलुकले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेका छन् ।
संयुक्त अरब इमिरेट्स ९यूएई० मा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ ।
सातामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुईरदुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् ।


