नेपाललाई खोप सहयोगमा प्राथमिकता दिन बेलायतका १६ सांसदको माग

काठमाडौं २६ जेठ। नेपाललाई खोप उपलब्ध गराउने सवालमा उच्च प्राथमिकता दिन बेलायतलाई त्यहाँका १६ सांसदहरुले ध्यानाकर्षण गराएका छन् ।

विदेश मन्त्रालयका सचिवलाई पत्र लेख्दै उनीहरुले खोपका साथै अन्य विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्न अनुरोध गरेका छन् ।

केहीअघि मात्रै बेलायतको संसदमा नेपालको कोरोना महामारीको विषयमा छलफल भएको थियो । सरकारले खोप उपलब्ध गराउन यसअघि नै माग गरिसकेको छ ।

IME Remittance