काठाडौँ, २३ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले सुर्खेतमा राउटे महिलालार्इ तीन जनाले प्रलोभनमा पारेर यौन हिँसा गरेको अनुगमनमा देखिएको जनाएको छ ।
आयोगका पीडित दुई युवतीको जीवन रक्षा र दोषिलाई कारवाही गर्न समेत माग गरेको छ । उनलाई ति समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न पनि आयोगले अनुरोध गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का तीन युवाले राउटे समुदायका दुई युवतीहरूलाई प्रलोभनमा पारेर होटलमा लगेर यौन दुर्व्यवहार गरेका थिए। सो भिडिओ बाहिरिएपछि प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो।
राउटे समुदायले यसअघि पनि ती दुई युवतीहरूलाई यसैगरी चार महिना बन्दी बनाएर राखेको जानकारी प्राप्त भएको जनाएको छ ।
आयोगले ती युवतीको गोपनीयताको संरक्षण, स्वास्थ्य परिक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको हो।