कोभिडका कारण कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, २३ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

बोर्डको आजको बैठकले उक्त निर्णय गरेको हो । यसअघि साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परक्षिा हुने मिति तय भएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको बोर्डले जनाएको छ । परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय पनि भएको जनाइएको छ ।

IME Remittance