– जनक शर्मा पौडेल ।
जति सक्छौ प्रहार गर
आस्था टुक्रि“दैन
तय गरिएको लक्ष्य
यात्रा रोकि“दैन
बनी सक्यो गोरेटो त्यो
शिखर चढ्न भनी
डरपोकहरु भाग्न सक्छन्
सकिन्न चढ्न भनी
केही क्षण बादलले
सूर्य ढाके पनि
झुल्की छोड्छ फार्दै बादल
झन् तेज बनी ।
झर्छ झरना नदी बनी
पुग्छ सागर भेट्न
कहाँ सक्छौ र तोड्मोड पारी
इतिहास मेट्न
दुई÷चार तारा झर्दैमा
आकाश रित्ति“दैन
एउटा नदी नमिसि“दैमा
सागर सुक्दैन ।