स्पातको बाटो
-पावेल शर्मा
पथप्रदर्शक बिर्सेको छैन
वर्ग दुश्मनका पछि घिस्रेको छैन
उर्जा र योजना ऊबाट निख्रेको छैन
क्रान्तिको समरबाट पछि फर्केको छैन ।
उसका अघि–पछि धेरै आए र गए
मुक्तिकामी आरनमा भित्र विलीन भए
प्रतिगामीका विरुद्ध कसिएका मुट्ठी
प्रतिगमनको दोबाटोमा मिलन भए ।
लडाइ“को मैदानबाट भागेका हिजो
दुस्मनी जाई लागेका हिजो
तैरिदै पुनः घोलिएर रुपविहीन जस्तै
डस्दैछन् फेरि बेनियतीमै
हाम फालेका हिजो ।
आकाङ्क्षा, तर हराएको छैन
विगतको खाटो घाउ चराएको छैन,
तिनीहरु आए र गए
यिनीहरु पनि आउ“छन् र जान्छन्
क्रान्तिको तरङ्गले आफै
कम्पनको करेन्ट लगाउँछ र जान्छन् ।
परिवेशको केश फुले जस्तो
बटालियनको गेटपाले झुले जस्तो
स्वाभिमानको अठोट निरासाको सुस्केरास“गै
पूर्वको क्षितिजले चेहरा खुलाउन भुले जस्तो
अनुशासनको रट घोकाइयो उसलाई
क्रान्तिको गिर्नेट बोकाइयो उसलाई
ऊ लड्दै र अघि बड्दै थियो
समानताको लागि
छापामार शैलीमा लडाइयो उसलाई ।
जब उसले
परिधिको अनुशासन तोड्यो
वर्ग विभेदकारीको अनुशासन
नोकरशाहीपरस्त अनुशासन
लक्ष्य विपरीतको अनुशासन
ढोल र नौटङ्कीको अनुशासन
गुट र फुटमुखी अनुशासन
जस्तै जस्तै निर्देशित परिधिको
अनुशासन तोड्दै उसले
निख्खार र अझै
इस्पातको बाटो रोज्यो ।
(जैमुनीघाट गा.पा.–७,जैदी, बाग्लुङ, हाल युएई)