परदेशीको कथा

परदेशीको कथा –
सरस्वती रिजाल
sarswati paudel rijal

परदेशमा कसले देखेको छ र मलाई
सञ्चो छैन बिरामी भा’की छु
कसले देखेको छ र मलाई यहा“ ?
मिठो छैन आधा पेट खा’की छु
कसले देखेको छ र मलाई ?
समय छैन बेटाइममा पनि
कामका लागि रेडी भा’कै छु
राम्रो वाहन र इष्टकोट पक्कै छैन

तर लाज ढाक्न लुगा लगाएकै छु
कसले देखेको छ र मलाई यहा“ ?
जो जसरी नि बाह« घण्टा
ड्युटी धाएकै छु
कसले देखेको छ र मलाई यहा“ ?
सञ्चो नहु“दा, नसक्दा नि
मालिक राम्रै छु भनी
आश्वासन दिएकै छु
यस्तै रहेछ परदेशकोविवशता
सबै खुशी राख्ने प्रण लिएकै छु
मेरो नामको इतिहास बनाई यहा“
कसले लेखेको छ र ?
पल पल रुदै छटपटिदै छु
रात, अनि दिनहरु
महना, अनि सालहरु
काटेको यहा“ कसले देखेको छ र ?

IME Remittance