महिला र शिक्षा
– सीता शर्मा

पृष्ठभूमि
व्यक्ति वा समाजको विकासमा शिक्षाको महङ्खवपूर्ण भूमिका रहेको हुन्छ । भनिन्छ– “शिक्षा नै संस्कृति र सभ्यताको जननी हो ।” जङ्गली युगदेखि मानव विभिन्न चरणहरु पार गर्दै चरम विज्ञान र प्रविधिको विकास भएको युगसम्म आई पुग्नमा शिक्षाको केन्द्रीय भूमिका छ ।
भौतिक रूपले चरम विकास गर्न सकेको मानिस मानसिक विकासमा भने पछाडि नै छ । संस्कार–संस्कृति, आचारविचार, व्यवहारमा मानवोचित मूल्यले सुसज्जित सभ्य मानव बन्न सकेको अवस्था छैन । लामो समयदेखि शिक्षाको उज्यालोबाट वञ्चित गरिएका महिलाको अवस्था झनै जर्जर हुने नै भयो ।
शिक्षा मानिसको नैसर्गिक अधिकार हो । त्यसैले शिक्षा महिलाको पनि स्वतः अधिकारको विषय हो । शिक्षा यस्तो अधिकार हो, जसले अरू सबै अधिकारहरु उपयोग गर्न समर्थ गराउ“छ । शिक्षाबाट वञ्चित भएका मानिसहरु अरू सबै किसिमका मानव अधिकार उपयोग गर्नबाट वञ्चित हुन पुग्छन् । त्यसैले कसैलाई पनि शिक्षाबाट बञ्चित गरिनु उसका सामाजिक, आर्थिक, कानुनी आदि अरू धेरै अधिकारबाट वञ्चित गरिनु हो ।
आदिम मातृ प्रधान समाजमा महिलाहरु सम्मानित थिए । प्राचीन वैदिक समाजमा महिलाहरु शिक्षित थिए । गुरुकुलहरुमा समान तरिकाले शिक्षा दिइन्थ्यो । महिलाको मान–सम्मान गरिन्थ्यो । त्यसैले त्यस बेलाका विदुषी–गार्गी, मैत्रेयी, अपाला, घोषा, विश्वम्भरा आदिको नाम इतिहासका पानामा स–सम्मान उल्लिखित छ । कैयौ“ वेदका श्लोकहरुको सिर्जना तिनै विदुषी महिलाले गरेका थिए । विद्वानहरुका भारी सभामा गार्गीका प्रश्नको जवाफ दिन नसकेर याज्ञवल्क्यले चुप लाग्न आदेश दिएको प्रसङ्ग उल्लेख्य छ । पछि उत्तर वैदिक कालमा बाल विवाहको प्रचलन बढेस“गै महिला शिक्षामा कमी आयो । उपनिषद् र स्मृति कालतिरबाट पुरुषले महिलालाई यति दमन गरे कि सम्पूर्ण अधिकारबाट वञ्चित गरी दिए । सबैभन्दा घातक कुरा लेख्न, पढ्नमा नै रोक लगाई दिए । शिक्षित भए जान्ने, बुझ्ने हुन्छन् र आफ्नो इच्छा अनुसार नचाउन सकि“दैन भनेर वेद, गीता, गायत्री जस्ता ज्ञानवर्धक ग्रन्थहरु महिलाले पढ्नै नहुने र पढेदेखि बहुलाइन्छ भन्ने भ्रम फैलाई दिए । यसरी अन्धकारमा राखेपछि उनीहरुलाई दमन गर्न सजिलो हुने भयो ।

शिक्षामा लैङ्गिक विभेदको अवस्था

शिक्षामा समानताका लागि शिक्षा क्षेत्रमा रहेका लैङ्गिक विभेदको राम्रोस“ग पहिचान गरी तिनलाई हटाउन जरुरी छ, तर हाम्रो जस्तो सामन्ती पितृसत्तात्मक सोच र संस्कृति, अन्धविश्वास, कुरीति आदिले ग्रस्त समाजमा विभेदका खाडलहरु पत्ता लगाई तिनलाई पुर्नु चुनौतीपूर्ण छ । यो कार्यलाई राज्य स्तरबाट नै पहल गरिनु जरुरी छ । राज्यस्तरबाट नै महिला शिक्षाका बारेमा लैङ्गिक समानताका लागि प्रस्ट योजना सहित नीति निर्माण गरेर लागु गर्नु जरुरी छ । हुन त २०१० सालमा गठित नेपाल राष्ट्रिय शिक्षा आयोगले “कुनै पनि देशमा आमाहरु निरक्षर रहुञ्जेल त्यस देशको विकासको कल्पना पनि गर्न सकि“दैन; जबसम्म महिलाहरु निरक्षर रहन्छन्, पुरुष जतिसुकै साक्षर भए पनि उनीहरु अर्ध–साक्षर मात्र हुन्छन्” भनेर महिला शिक्षाको महङ्खव बुझेको देखिन्छ तर ती भावनाहरु कागजमा मात्र सीमित छन् । मसिनोस“ग हेर्ने हो भने हरेक पाइलामा लैङ्गिक विभेद व्याप्त छ ।
भनिन्छ– मान्छेको चरित्र निर्माणमा ९० प्रतिशत भूमिका शिक्षाको हुन्छ । तर हाम्रा पाठ्यक्रमहरु लैङ्गिक मैत्री छैनन् । लैङ्गिक विभेदयुक्त पाठ्य सामग्रीहरु प्राथमिक तहदेखि उच्च शिक्षासम्म यत्रतत्र रहेका छन् । एकातिर, औपचारिक पाठ्यक्रमहरुमा भेदभावमूलक शिक्षा दिइन्छ भने अर्कातिर, परम्परागत अनौपचारिक शिक्षण–प्रशिक्षण अत्यन्तै विभेदयुक्त छ । छोरीलाई पढाउनु हु“दैन भन्ने मान्यतामा केही सुधार आए पनि राम्रो शिक्षा दिएर सबल नागरिक बनाउने सोच नभएर, मात्र विहे गर्न सजिलो पार्ने किसिमको शिक्षा दिइन्छ । गर्भैदेखि भेदभावमा परेका महिलाहरुलाई जन्मघरमा अर्काको नासो भन्दै पढाइमा फजुल खर्च गर्नुभन्दा बिहे गरिदिएर उम्कने चलन छ भने बिहे गरेर अर्काको घर गइसकेपछि पढ्ने काम त माइतैमा गर्ने हो; बुहारीलाई किन खर्च गर्ने भनेर पढ्दै गरेका भए पनि रोक्न दबाब दिइन्छ । अरूलाई देखाउन धाक–धक्कु लगाउन पढेकी बुहारी खोजिन्छ तर भित्री मनसाय घरको काम गर्ने र सबैको आज्ञाकारी बनेर बिताओस् भन्ने नै हुन्छ । वेद, गायत्री, गीता आदि ग्रन्थहरु पढ्नै हु“दैन भन्ने मान्यतामा परिवर्तन आए पनि छोरीले प्राविधिक शिक्षा पढ्न नहुने, छोरालाई पूर्ण स्वतन्त्रता दिने छोरीलाई नर्सिङ, गृह विज्ञान, पाक शिक्षा जस्ता विषय पढाइ दायरा सा“गुरो पारी दिने । घरभित्रको पकाउने ख्वाउने, घर सफा गर्ने जस्ता कहिल्यै नसिद्धिने कामको बोझ बोकाई दिने, गाउ“घरमा भाइबहिनी, गाईवस्तु हेर्ने, मेलापात जाने, दाइभाइका लुगा धोई दिने सबै काम छोरीलाई नै गर्न लगाउने र तिनै कामका लागि विद्यालयबाट समेत छुटाई दिने गरिन्छ । सम्पूर्ण काम भ्याएर बल्ल बल्ल स्कुल गएका छोरीहरु राम्रो अङ्क ल्याएर पास गरी प्रतिस्पर्धामा खरो उत्रने गरी आफूलाई तयार गर्न सक्दैनन् ।
अर्कातिर, विद्यालय स्तरको शिक्षामा लैङ्गिक समानता सम्बन्धी विषयमा पाठ्यक्रममा नै स्पष्ट व्यवस्था गरेको पाइदैन । त्यसको प्रभाव पाठ्य सामग्रीमा पर्ने नै भयो । महिलालाई नीचो र कमजोर देखाउने, उनीहरुका कामको कुनै मूल्य नदिने, पाठ्य पुस्तकहरुमा यत्रतत्र “आमाले घरको काम गर्नु हुन्छ, बुबा अफिस जानु हुन्छ” भनिएको हुन्छ । केटीले घरभित्र आमाको काम सघाउने, केटाहरु बाहिर खेल्न जाने, ठुला पदहरु प्राचार्य, प्रधानाध्यापकहरुमा पुरुषकै नाम लेखिएको हुने, महिला शिक्षक मात्र हुने । पुरुष बलियो, महिला कमजोर, पुरुष उचो, महिला निचो । पुरुष हाकिम, महिला कारिन्दा, पुरुष घरमुली, महिला आश्रित, पुरुष शासक, महिला शासित भन्ने जस्ता अभिव्यक्तिहरु अहिलेको पाठ्य सामग्रीहरुमा यत्रतत्र पाइन्छ ।
त्यस्तै गरेर, पुस्तकमा कोरिएका चित्रहरुमा प्रायः पुरुषको भूमिका लेखक, वैज्ञानिक, पाइलट, आविष्कारक, न्यायाधीश, मन्त्री जस्ता पदहरुमा हुन्छ भने महिलाको भूमिका आमा, भाउजू, माइजू, दिदीबहिनी, गृहिणी जस्ता पात्रहरु बनाउने र उनीहरुको काम घर सफा गर्ने, पकाउने, लुगा धुने व्यक्तिका रूपमा मात्र चित्रित गरेको पाइन्छ, जुन कामहरुको समाजमा मान–सम्मान र मूल्य दिइएको छैन । यस्ता मात्रै भूमिकाले उनीहरुको पहिचानको दायरा सा“गुरो बनाइदिएको हुन्छ । विद्यालयका स–साना बालबालिकालाई वर्षौ“वर्ष परीक्षा नै उत्तीर्ण गर्ने गरेर यस्तै भूमिका मात्र पढाउ“दा, पढ्दा उनीहरुको मनमा महिलाले गर्ने काम यस्तै मात्र रहेछन् भन्ने गलत छाप पर्दछ । यसरी महिलालाई सीमित, तुच्छ र नगण्य गराइएको छ भने सबै ठाउ“मा ‘ही’, ‘हिम्’ वा ‘ऊ’, ‘उसलाई’ जस्ता शब्द प्रयोगले महिलालाई अदृश्य बनाइएको छ ।
यस्तो शिक्षाले लैङ्गिक समानता ल्याउनुको साटो असमानता ल्याई पितृसत्तालाई नै कायम राख्न मद्दत पु¥याउ“छ । यसरी पाठ्यक्रम, पाठ्य पुस्तकहरु एकाङ्गी पितृसत्तावादी र सरासर अन्यायपूर्ण देखिन्छन् । नीति निर्माण तहमा महिलाको पहु“च नहुनाले पाठ्यक्रम निर्माणमा महिलाको सहभागिता हु“दैन । भए पनि देखाउनका लागि मात्रै हुन्छ । निर्णायक भूमिका हु“दैन । मूल विषयवस्तुले समतामूलक सन्देश दिएको छ कि छैन भनेर हेर्नुभन्दा कोटा पु¥याउन मात्र राखिन्छ । परम्परागत भूमिकाभन्दा माथि उठेर नया“ भूमिका खोजी गर्नु पर्छ भन्नेतिर पाठ्य पुस्तक लेखकको पनि सचेतना बढेको पाइदैन । प्रायः निजी विद्यालयमा पढाइने ‘फेयरी टेल’ हरुमा महिलालाई बोक्सी, डायनी आदि खराब चरित्रका स्त्रीको रूपमा प्रस्तुत गरेर अन्धविश्वासलाई अझै स्थापित गर्न खोजिएको पाइन्छ । यसले समाजमा भएको बोक्सी प्रथालाई हटाउनको सट्टा अझै स्थापित गराउनमा भूमिका खेल्दछ ।
अर्कातिर, शिक्षकहरुमा पनि लैङ्गिक सचेतनाको स्थिति कमजोर छ । केटा र केटी फरक भएकाले उनीहरुको भूमिका जहा“ पनि फरक नै हुनु पर्दछ भन्ने ठान्दछन् । केटी भएर केटीकै भूमिका मात्र निभाउनु पर्छ, केटा हुन खोजेर हुन्छ ? भन्दै परम्परागत भूमिकामा नै बस्न बाध्य पार्दछन् । अन्जानमै किन नहोस्, उक्त कार्यले विद्यार्थीलाई खराब असर पारिरहेकै हुन्छ । प्रेरणा र उत्साह भर्नेभन्दा हतोत्साहित गर्ने काम गर्दछ ।
धर्म, अन्धविश्वास, कुसंस्कार र कुप्रथाहरुको स्थिति
शिक्षाको कार्य अन्धकारबाट उज्यालोतर्फ दिशा निर्देश गर्नु हो । आफ्नो नैसर्गिक अधिकारहरुको उपयोग गरेर स्वाभिमानी, आत्मनिर्भर मानव बनेर जिउन सक्ने बनाउनु हो । महिला–पुरुषबीचको असमान शक्ति सम्बन्धलाई समानता र सन्तुलनमा राख्दै सुन्दर समाजको निर्माण गर्नु हो । त्यो शिक्षा कस्तो हुने त ? कुनै शिक्षाले मानिसलाई अन्धकारतिर धकेली दिने हुन्छ । जस्तो, बधुशिक्षा, रामायण, मनुस्मृति, स्वस्थानी जसले महिलालाई स्वतन्त्र भएर हा“स्न पनि हु“दैन भन्दछन् । अनि, महिला बाबुको, लोग्नेको अधिनमा बस्नु पर्दछ । कहिल्यै स्वतन्त्र हुनु हु“दैन भन्दछन् । यस्ता शिक्षाले महिला वर्गलाई स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी मानव बन्न सघाउ“दैन, पराधीन कमजोर बनाउ“छ । हाम्रो शिक्षालाई परम्पराले थिची रहेको छ । अहिले जति नै नया“ शिक्षा भने पनि रामायण, महाभारत, गीता, कुरान, बाइबल जस्ता प्राचीन धार्मिक ग्रन्थका प्रभावहरु पारी नै रहेका छन् । ती कुनै पनि धर्मले महिलालाई पुरुष समान ठानेको पाइदैन । हाम्रा परम्परागत धार्मिक, सांस्कृतिक, आर्थिक, कानुनी शैक्षिक मूल्य–मान्यता र व्यवहारहरु लैङ्गिक रूपमा विभेदकारी दोषपूर्ण र अपराधी प्रकृतिका हुनाले तिनले हजारौ“ वर्षदेखि विषको काम गरेर करोडौ“ महिलालाई अन्धकारमा धकेली रहेका छन् । जस्तो– बोक्सी भनेर प्रताडना दिने, देउकीको रूपमा मन्दिरमा चढाएर बालिकालाई अलपत्र पार्ने आदि । पितृसत्ताले ती अपराधी कार्यहरुलाई धार्मिक आवरणमा कानुनी मान्यता दिएर पक्षपोषण गरिरहेको छ ।
देशमा नया“ शिक्षा लागु भएको भनिएको पनि आधा शताब्दी पुगी सक्यो । तार्किक क्षमता बढाउने, आत्मनिर्भर गराउने, वैज्ञानिक शिक्षा दिनु पर्नेमा अन्धविश्वासलाई नै प्रश्रय दिने शिक्षा जारी छ । अझै पनि बाल विवाह, बहु विवाह, छाउपडी प्रथा, कमलरी, वादी, बोक्सी, झुमा, देउकी, घुम्टो, दाइजो, कन्यादान, दहेज आदि जस्ता कुप्रथा र कुसंस्कारहरु हट्न सकेका छैनन् । तिनलाई निर्मूल पार्ने गरी प्रभावकारी शिक्षा नीति ल्याइएको छैन । शिक्षाले महिलाप्रतिको हेराइमा, उनीहरुलाई गर्ने व्यवहारमा, दिने मान–सम्मान र मूल्य–मान्यतामा परिवर्तन ल्याउन सकेको छैन । यसबाट के बुझिन्छ भने वर्तमान शिक्षा प्रणालीले उक्त व्यवस्थालाई हटाउन कोशिस गर्नुको साटो अझै यो वा त्यो कोणबाट जारी राख्न चाहेको यथार्थ प्रष्ट देखिन्छ । आजको शिक्षाको जोड भनेको ती विभेद, कुरीति र कुसंस्कारहरुलाई हटाउने हुनु पर्दछ ।
अन्त्यमा,
महिलाको कोणबाट हेर्दा वर्तमान शिक्षा प्रणाली अन्त्यन्त पक्षपाती, रुढिग्रस्त, लैङ्गिक रूपमा विभेदकारी, अवैज्ञानिक देखिन्छ । शिक्षाको उद्देश्य भनेको सुन्दर र न्यायिक समाज, अनि सिर्जनात्मक, आत्मनिर्भर, सबल र जिम्मेवार नागरिक तयार पार्नु हो । तर वर्तमान शिक्षाले सबल पार्नुको सट्टा निर्बल र पराधीन नै बनाई राख्न चाहेको देखिन्छ । अझै पनि हाम्रा पाठ्यक्रम, पाठ्य पुस्तकहरुको बनोट, सामन्ती शोषण, धार्मिक अन्धविश्वास र भाग्यवादी प्रकृतिको छ । वर्तमान समाजको आवश्यकता भनेको पराधीन, भाग्यवादी, दब्बु नागरिक बनाउनु होइन, तार्किक, सिर्जनशील, सबल, आत्मनिर्भर र सक्षम नागरिक तयार पार्नु हो ।
त्यसैले पितृसत्ता वा पुरुषको अनुकूलतालाई केन्द्रमा राखेर निर्माण गरेको सम्पूर्ण शिक्षा प्रणाली, पढ्ने÷पढाउने विषयवस्तु, पाठ्यक्रम, सिक्ने सिकाउने तरिका, शिक्षण संस्था आदि सम्पूर्ण क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छ । त्यसो नगर्दासम्म पाइला पाइलाका विभेदकारी अवरोधहरुले महिलालाई अघि बढ्न दिदैनन् र सबल राष्ट्रका लागि आवश्यक स्वाभिमानी, सिर्जनशील, आत्मनिर्भर, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक निर्माण गर्न पनि सकि“दैन र सही अर्थमा शिक्षाको उद्देश्य पनि पूरा हु“दैन ।



