जनगीत “पिपलु हु म” ले प्रवाह गरेको सन्देश

नारायण  शर्मा

सत्य , बिभेदरहित समतामुलक र न्यायपुर्ण युग हामी बाट अझ धेरै टाढा छ । तर त्यो युग सम्म पुग्ने हाम्रो यात्रा निरन्तर जारी छ । हामिलाइ थाह छ । सत्यपथको यो यात्रा सहज र सरल छैन । जाल झेल, झुठ, बेइमानी र षड्यन्त्रकै राज र बोलाबाल चल्ने राज्य र समाजमा सत्यपथका यात्रीहरुले पाइला पाइलामा कठिनतम चुनौतीहरुको सामना गर्नु पर्ने हुन्छ । सामाजिक , राजनितिक वा जुनसुकै पेसा ब्यवसायमा कृयासिल मानिसहरुका सन्दर्भमा पनि त्यही कुरा सत्य हो । यस्तै समानताको युग तर्फ अघि बढिरहेका अभियात्रीहरुको जिवन्त गाथा बोकेको एक जनगीत नेपाली साङ्गितिक बजारमा आइपुगेको छ   “पिपलु हु म”  । वरिष्ठ जनगायिका निलिमा पुन र जनगायक उदय रिजालको स्वरमा आएको यो गीतका शब्दहरु लक्षिराम आचार्यले लेखेका हुन भने सङ्गीत र ऐरेन्ज नारायण दङ्गालको रहेको छ । उदय रिजाल युटुब च्यानल बाट २०८० चैत्र ३ गते गते सार्वजनिक गरिएको यो गीतको भिडियोमा चेत बुढाथोकीको निर्देसन र सम्पादन रहेको छ भने अभिनय गर्ने कलाकारहरुमा नारायण शर्मा , पम्फा बन्जाडे , चेत बुढाथोकी , नारायण दङ्गाल , उदय रिजाल र नितु बिश्वकर्मा लगायत रहेका छन ।
गीतको शब्द भावगीतमा सत्यपथमा हिड्ने यात्रीहरुको जिवनलाइ पिपलु र गुलाबको प्रतिकको रुपमा लिदै यसरी वर्णन गरिएको छ।

पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु
फोहरमा फाले पनि , काडा भनी पन्छाए पनि
हिलो भरी मिल्काए पनि ,रातै फुलि सुगन्ध छरिदिन्छु
गुलाब हु म जति काट्छौ पलाउनेछु
कोमल ती आकुरीले सुगन्ध फिजाउनेछु
पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु
अन्धकारले घेरे पनि , भुमरीले छेके पनि
भेदभाव गरे पनि ,साहस बोकि पाइला चालीरहन्छु
पिपलु हु म जति काट्छौ पलाउने छु
कोमल ती आकुरीले अक्सिजन फिजाउने छु

हो , समानताको युग तर्फ अघि बढिरहेका सत्यपथका सच्चा अभियात्रीहरु जतिसुकै कठिनाइहरु आइपरे पनि कहिल्यै बिचल्लित हुदैनन । आफ्ना अगाडी आइलाग्ने आपत्ती बिपत्ती र सङ्टहरुको दृढतापुर्वक मुकाबिला गर्दै उनिहरु अगाडी बढ्छ्न। उनिहरु कहिल्यै निरास हुदैनन । अजम्बरी आस्थाको चेतना फिजाउदै हिड्छ्न उनिहरु । उनिहरु भित्र अन्तर्निहित आस्था र बिस्वासले उनिहरुलाइ निरास हुन दिदैन । सत्य समानता र न्यायका पक्षमा निरन्तर अडिग रहनु त्यो पक्कै पनि सजिलो काम होइन । तर त्यही कठिन मार्गमा नहिडिकन हामिले समानताको न्यायपुर्ण समाज निर्माण गर्न सक्दैनौ ।पिपलु हु म गीतका शब्दहरुले त्यही सन्देस प्रवाह गरेका छन ।
सत्यपथका यात्रीहरु माथी अनेकन प्रकारका प्रहारहरु आउने गर्छ्न । तर ती प्रहारहरुले सत्यपथको यात्री झनै निखारिनु पर्छ । झनै इस्पातिलो बन्नु पर्छ । एउटा पिपलुको बोट त्यसलाई जति काटे पनि त्यही काटिएकै ठाउँ बाट उ फेरि पलाउन छोड्दैन । काटिएकै ठाउँ बाट पिपलुले फेरि कोमल आकुराहरु निकाल्न थाल्छ । ती आकुराहरु क्रमशः बढ्दै जान्छ्न , अक्सिजन फिजाउदै जान्छ्न । पिपलु माथी जति प्रहार आए पनि अक्सिजन फिजाउने आफ्नो कर्मलाई उसले छोडेको हुदैन । एउटा गुलाबको बिज हिलाम्य फोहरको पोखरीमा फाल्दा पनि त्यही बाट अङ्कुराएर फुल्न छोड्दैन । आफुलाइ फोहरको पोखरिमा मिल्काउदा पनि गुलाबले रातै फुलेर सुगन्ध फैलाउने आफ्नो कर्मलाइ जारी राखेको हुन्छ । ठिक त्यस्तै परिवर्तनका पक्षधर, सत्यपथका अभियात्रीहरुले पनि जतिसुकै कठिनाइहरु आइलागे पनि सत्यपथको आफ्नो कर्मलाइ रोक्नु हुदैन । आत्तिएर आफ्नो यात्रा मोड्नु हुदैन । जनगीत” पिपलु हु म” का शब्द भित्र त्यही भाव अन्तरनिहित रहेको देखिन्छ ।
हामिले देख्दै र भोग्दै पनि आएका छौ । समाजमा सत्यलाई दबाउन अनेक प्रकारका षड्यन्त्र र प्रयत्नहरु गरिएका हुन्छ्न । राजनैतिक ,सामाजिक र ब्यक्तिगत जिवनमा पनि त्यस प्रकारका प्रयत्नहरु भैरहेको हामी पाउदछौ । निरङ्कुश र अत्याचारी शासन सत्ताका बिरुद्द आवाज उठाउनेहरुलाइ तत्कालीन सत्ताले जेल नेल , असहिय यातना र मृत्यु समेत दिएका घटनाहरु हाम्रा सामु छन । तर ती दमनहरु बाट परिवर्तन अर्थात क्रान्ती रोकिएको हुदैन । सत्यपथका यात्रीहरुले बोकेको सहि नीति सिद्धान्त र बिचारलाई कहिल्यै पनि मार्न सकिँदैन । सासकहरुले जतिसुकै बर्बर दमन गरे पनि त्यो सहि बिचार झनै फैलिदै जान्छ र अन्तत असत्य र झुठको राजलाई त्यो बिचारले परास्त गरि छाड्छ । लखन थापा , गगालाल श्रेष्ठ , धर्मभक्त माथेमा , शुक्रराज शास्त्री र दशरथ चन्दहरुलाइ मारेर आफ्नो सत्ता टिकाउन खोज्ने राणा शासन यो देशमा टिक्न सकेन । रत्न कुमार वान्तवा, नेत्र घिमिरे, रामनाथ दाहाल , कृष्ण कुइकेल, नारायण श्रेष्ठ , बिरेन सिंह राजवङ्सी , सरोज शर्मा , मित्रमणी आचार्य , टङ्क भुसाल , क्या। यज्ञ बहादुर थापा लगायतका दर्जनौ देशभक्त योद्दाहरुलाइ सहिद बनाएर पनि पन्चायतले आफ्नो शासन जोगाउन सकेन । ज्ञानेन्द्र शाहको निरङ्कुश तानाशाही शासन यो देशमा टिक्न सकेन । नेपाली जनतालाइ रैती बनाएर २३८ बर्ष सम्म राज गरिरहेको तानाशाही राजतन्त्रले अन्तत नेपाली जनता सामु घुडा टेक्न बाध्य भयो । देशमा गणतन्त्र आयो । यो गणतान्त्रिक ब्यवस्था आउन नदिन तत्कालीन शाषकहरुले सक्दो प्रयास गरे । यो गणतन्त्रको आस्थालाइ , यो बिचारलाइ मार्न , अघि बढ्न र फैलिन नदिन तत्कालीन शासकहरुले जेल नेल , हत्या दमनका सारा हतियार प्रयोग गरे । तर दमन बाट जनआन्दोलन रोकिएन , झनै फैलिदै गयो र अन्तत मुलुकमा गणतन्त्र आयो । हो दमन र यातनाले आस्था र बिचारलाइ मार्न सकिँदैन बरु त्यो झन झन फैलिदै जान्छ । जनगीत ” पिपलु हु म ” का शब्दहरुले त्यही यथार्थ भाव बोलेका छन ।
सहि र गलत बिचार बिचको द्वन्द पार्टी , सङ्गठन , संघ सस्था , समाज , परिवार भित्रै पनि चलेको हुन्छ । ती सबै क्षेत्रमा असत्यको खेती केही मौलाएको जस्तो पनि देखिन्छ । तर त्यो अस्थायी कुरा हो । अन्ततः जीत सत्यकै हुन्छ । त्यही बिस्वास मनमा राखिरहन सकियो भने मात्र हामी सत्यपथमा निरन्तर हिडिरहन सक्छौ । बाहिरी दुस्मन प्रस्ट देखिन्छ , उ सङ्ग लड्न बरु केही सजिलो हुन्छ । तर भित्री दुस्मन झ्याप्प चिनिदैन । उ पनि आफू जस्तै देखिन्छ । सहि बिचारलाइ अघि बढ्न नदिन भित्रै बाट उस्ले रच्ने षड्यन्त्रहरुलाइ बेलैमा चिन्न नसक्दा पनि परिवर्तनका लागि धेरै समय खर्चिनु पर्ने हुन्छ । कुरा परिवर्तन अर्थात क्रान्तिकै गर्छ , तर उसको मुल नियत क्रान्तिको गला रेट्नु हुन्छ, सहि बिचार र परिवर्तनलाई छेक्नु हुन्छ । सहि बिचार सङ्ग प्रतिस्पर्धा गर्न नसकेपछि त्यो छद्मभेषी क्रान्तिकारीले सहि बिचार बोक्नेहरुलाइ निरुत्साहित पार्न अनेक किसिमका षड्यन्त्रहरुको साहारा लिन्छ । कृतिम लान्छनाहरु लगाएर सहि बिचारको पक्षधर ब्यक्तिको मनोबल गिराउने, उसलाइ बदनाम गराउने कोसिस गर्छ्न । तर सच्चा क्रान्तिकारी ती षडयन्त्र र लान्छनाहरु बाट गल्दैन र ढल्दैन पनि । जसरी मार्ने नियतले काट्दा पनि काटिएकै ठाउँ बाट फेरि पलाउदै अक्सिजन फिजाउने आफ्नो कर्मलाइ पिपलुले जारी राखेको हुन्छ ठिक त्यसरी नै सच्चा क्रान्तिकारीले पनि ति षड्यन्त्र र लान्छनाहरुको बेवास्ता गर्दै सहि बिचार फैलाउने आफ्नो कर्मलाइ जारी राख्नु पर्दछ । जनगीत  “पिपलु हु म” का शब्दहरुले त्यही सन्देस दिएका छन ।

भिडियोमा समेटिएको कथा सार

जनगीत पिपलु हु म, को भिडियोमा सुसभ्य र समुन्नत समाजको पक्षधर एक शिक्षकले समाजमा गर्नु परेको संघर्षलाई कथा बनाइएको छ । एक शिक्षक जो इमानदार र कर्तव्यनिष्ठ हुन्छ । उ सचेत र परिवर्तनकामी हुन्छ । बिधालयमा गएर पढाउने मात्र होइन समाजमा रहेका बिकृती , बिसङ्गती , जातिय छुवाछुत , रुढीबादी अन्धबिस्वास र कुप्रथाहरुका बिरुद्दमा सचेतना फैलाउने काम समेत त्यो शिक्षकले गरिरहेको हुन्छ । दलित बस्तिमा पुगेर आरनमा काम गरिरहेका परिवार सङ्गै बसेर पानी पिउछ , खाना खान्छ , उनिहरुलाइ सम्झाइ बुझाइ गरि त्यो परिवारको छोरिलाइ स्कुलमा ल्याइ भर्ना समेत गराउछ । रजस्वला भएर फोहर सहितको छाउगोठमा बसिरहेका चेलिहरुको परिवारलाई सम्झाइ बुझाइ गरि उनिहरुलाइ घरमै सफा ओछ्यानमा राख्न लगाउछ । स्कुल मात्र होइन गाउमै पनि साझ ससाना नानी बाबुहरुलाइ पढाइरहेको हुन्छ । बिधालयमा पनि किताब मात्र पढाउने होइन छुवाछुत जस्तो कुप्रथाका बिरुद्द सचेतना फैलाइरहेको हुन्छ । त्यो सचेत शिक्षकको त्यो अभियानमा त्यही बिधालयकि एक सहिदकी जहान शिक्षिका र एक दलित बिद्यार्थीका अभिभावकले साथ दिइरहेका हुन्छ्न भने अर्को एक कथित उच्च जातको अभिभावकलाई त्यो सचेत शिक्षकको भुमिका मन परिरहेको हुदैन । त्यो फटाहा अभिभावक आफैले चरित्रहिन काम गर्छ तर त्यसको दोष त्यो सचेत शिक्षक माथी थोपर्न खोज्छ । पहिले त गाउलेहरु त्यो फटाहा अभिभावकको कुरामा लागेर त्यो शिक्षकलाइ धपाउन थाल्छ्न तर दलित छात्राको अभिभावकले बास्तबिकता बुझाइदिए पछि गाउलेहरु त्यही फटाहा अभिभावक माथी जाइलाग्न थाल्छ्न , उसलाइ लखेट्न थाल्छ्न । त्यो सचेत शिक्षकको कुरा क्रमशः सबै गाउलेले बुझ्दै जान्छ्न । राम्रो काम गरेको भन्दै बिद्यालयले पनि आफ्नो बार्षिक उत्सवमा उक्त सचेत शिक्षकलाइ सम्मान गर्छ । शिक्षकले अध्यापन गर्ने आफ्नो कर्मलाइ निरन्तर अगाडि बढाउन थाल्छ ।

गीतका शब्दहरुले बोकेको भाव अनुसार नै भिडियोमा कथा बुनिएको छ । उक्त कथा अनुसारको गीतको भिडियोमा सचेत शिक्षकको भुमिका नारायण शर्माले , सहिद्पत्नी शिक्षिकाको भुमिका पम्फा बन्जाडेले , दलित अभिभावकको भुमिका नारायण दङ्गालले , फटाहा अभिभावकको भुमिका चेत बुढाथोकिले , शिक्षिकाको जीवन साथि सहिदको भुमिका उदय रिजालले र दलित छात्राको भुमिका नितु बिश्वकर्माले निभाएका छन । भिडियोको निर्देसन चेत बुढाथोकीले गरेका छन भने छायांकन ओम प्रसाईं ले गरेका हुन । शङखरापुर(१ चापाबोट काठमाडौं र त्यही गाउमा अवस्थित चापाबोट माध्यमिक बिद्यालयको हाता भित्र यो भिडियोको छायांकन गरिएको छ । भिडियोमा कथाले मागे अनुसारका दृश्यहरुलाइ सजिव ढङ्गले उतारिएको छ । निर्देसक चेत बुढाथोकीले आफ्नो निर्देसकिय कलाको भरपुर प्रयोग गरेका छ्न । मलाइ दिइएको भुमिका प्रती मैले कति न्याय गर्न सके यसको मुल्यांकन गर्ने पुर्ण जिम्मा श्रदेय दर्शक श्रोतामा छोड्दै अहिलेलाई यहाँ यति भन्न चाहे ( निर्देसकको निर्देसन बमोजिम मैले आफुलाइ सुम्पीएको भुमिका प्रती न्याय गर्ने प्रयास गरेको छु । अन्य सबै कलाकार साथिहरुले आआफ्नो भुमिका कुशलतापुर्वक निभाउनु भएको छ । उनिहरु सबैको अभिनयमा यथार्थता देख्न सकिन्छ । भिडियो भित्रको त्यो आरनको दृश्य , त्यो छाउपडी गोठको दृश्य , त्यो कक्षा कोठामा पढाउदै गरेको दृश्य , कुनै अभिनय नभइ यथार्थ जस्तै लाग्छ । भिडियोमा देखिने ती कक्षा कोठाका विद्यार्थी त्यही स्कुलमा अध्ययनरत छात्रा छात्रहरु हुन । प्राध्यानाध्यापक र अन्य शिक्षकहरु त्यही बिद्यालयमा अध्यापनरत गुरुहरु हुनुहुन्छ । कथा र पात्रहरु काल्पनिक भएपनी भिडियो हेर्दा त्यो कुनै काल्पनिक कथा जस्तो लाग्दैन । भिडियो भित्रका दृश्यहरु यथार्थ धरातलमा टेकेर छायांकन गरिएको छ । सबैले मीठो साथ सहयोग र निर्देसक , कलाकारहरुको एकीकृत प्रयास बाट गीतको भिडियो पनि यथार्थपरक र सुन्दर बनेको छ ।

गीति भिडियोका निर्देसक, कलाकार एवं सम्पादक चेत बहादुर बुढाथोकी मुलत ब्यवसायिक गीत र सङ्गितको क्षेत्रमा कार्यरत ब्याक्तित्व हुन। उनले लेखन , सङ्गीत , निर्देसन , सम्पादन र अभिनय गरेका धेरै ब्यवसायिक गीति भिडियोहरु चर्चित पनि छ्न । ब्यवसायिक गीत र सङ्गितको क्षेत्रमा मात्र होइन क्रान्तिकारी भावका जनगीतहरुको क्षेत्रमा पनि आफुले राम्रो काम गर्न सक्ने उनले ” पिपलु हु म” को यस भिडियो मार्फत स्पस्ट पारेका छन । प्रगतिशील सास्कृतिक आन्दोलन र क्रान्तिकारी वाम आन्दोलनलाई नजिक बाट बुझेको एक सास्कृतिककर्मिले मात्र जनगीतहरुमा अन्तर्निहित मर्म र लयलाई यसरी बुझ्न सक्दछ । त्यही बुझेरै हुनुपर्दछ ” पिपलु हु म” मा आफुले काम गर्न पाउनुलाइ उनले एक ऐतिहासिक अवसरको रुपमा लिएका छन ।  जनगीत “पिपलु हु म ” मा काम गर्न पाउनु नै मेरा लागि एक ऐतिहासिक अवसर थियो ।  निर्देसक एवं कलाकार चेत बुढाथोकी भन्छन ” कलाकार र प्राबिधिकहरु सबैले यसमा राम्रो मिहिनत गर्नु भएको छ , उहाहरुको भुमिका बाट म पुर्ण सन्तुष्ट छ । गीतका सर्जक , सङ्गितकारर ऐरेन्जर, गायकर गायिका , कलाकारहरु हामी सबैको एकीकृत प्रयास बाट एउटा निकै राम्रो गीति भिडियो तैयार भएको छ । मलाइ आसा एवं बिस्वास छ  दर्शक श्रोताले पनि यो गीतलाई निकै मनपराउनुहुनेछ” ।

गीत रचनाको पृष्ठभुमि 
जनगीत  पिपलु हु म  को शब्द सृजना गर्ने लक्षिराम आचार्य क्रान्तिकारी वाम आन्दोलन र प्रगतिशिल सास्कृतिक अभियानमा बिगत लामो समय देखि सकृय रहदै आएका साहित्यकर्मी हुन । साहित्यमा खासगरी आचार्यले कविता बिधामा कलम चलाउदै आउने गरेका छ्न । पिपलु हु म गीत पनि आचार्यले २०७७ भाद्र ८ गते आफ्नो डायरिमा लेखेको नया युग  बोलको कविता बाट बनाइएको हो । आचार्यको नया युग  बोलको उक्त कविताले तत्कालीन अवस्थामा उनी कृयासिल रहेको पार्टी भित्र भिषण रुपमा चलिरहेको अन्तरसङ्घर्षलाई प्रतिबिम्बित गरेको थियो । उनी कृयासिल पार्टी भित्र तत्कालीन अवस्थामा क्रान्तिकारी बिचार र दक्षिणपन्थी बिचार बिचको अन्तर्सङ्घर्ष चरमउत्कर्षमा पुगिरहेको थियो । दक्षिणपन्थी लाइनको नेतृत्व तत्कालीन पार्टिको शिर्ष नेतृत्वले नै गरेको थियो । जसलाइ  यो जनताको वर्गशत्रु हो यो सङ्ग सधै सम्झौताहिन संघर्ष गर्नु पर्छू भनेर नेतृत्वले चिनाउदै आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै आएको थियो त्यही नेतृत्व त्यही वर्ग शत्रुको काखमा लडिबुडी खेलिरहेको थियो ।

हिजो धिक्कारेका तिनै ज्यानी दुश्मनहरु सङ्गको नेतृत्वको त्यो वर्ग समन्वयकारी हिमचिम क्रान्तिकारी बिचार बोकेका कुनै पनि नेता कार्यकर्ताले स्विकार्न सकिरहेका थिएनन । बुर्जुवा संसदमा फगत एकदुइ सिट लिनका लागि आफैले वर्ग शत्रु घोषणा गरेको शक्ति सङ्ग पार्टी नेतृत्वले कसिरहेको त्यो लगनगाठोका बिरुद्दमा क्रान्तिकारी बिचार बोकेका नेता कार्यकर्ताहरुले चर्को आवाज उठाइरहेका थिए ।संसदवाद , परिवारवाद र फरियाबादमा चुर्लुम्म डुबेको दक्षिणपन्थी पार्टी नेतृत्व क्रान्तिकारी बिचारका पक्षधरहरु प्रती निकै असहिष्णु रुपमा प्रस्तुत भैरहेको थियो । कृत्रिम आरोपहरु लगाउदै क्रान्तिकारी बिचारका पक्षधर नेता कार्यकर्ताहरु माथी अबैधानिक कारवाहिको डण्डा बर्षाइरहेको थियो त्यो नेतृत्वले । आफ्नो दक्षिणपन्थी बिचारलाइ पार्टी भित्र लागू गर्न बाधा पुर्याउने मोर्चा र नेता कार्यकर्ताहरु एक एक गर्दै कत्लेआम गर्ने अभिष्टका साथ अघि बढिरहेको थियो तत्कालीन पार्टी नेतृत्व । आफू माथी दक्षिणपन्थी नेतृत्वले अबैधानिक कारवाहिको डण्डा बर्षाएपनी जो जहाँ फ्याकिएका थिए उस्ले त्यही बाट उठेर दक्षिणपन्थी लाइनका बिरुद्द क्रान्तिकारीहरुले पार्टी भित्र भीषण अन्तरसङ्घर्ष चलाइरहेका थिए । अर्थात जति काटे पनि पिपलुहरु पलाउदै अक्सिजन फैलाइरहेका थिए र गुलाबहरु फुल्दै सुवास छरिरहेका थिए । आचार्य पनि तत्कालीन अवस्थामा सो पार्टी भित्रका क्रान्तिकारी बिचारका पक्षधर थिए र आफू माथी दक्षिणपन्थी पार्टी नेतृत्वले अबैधानिक कारवाही चलाएपछिको अवस्थामा उक्त कविता सृजना गरेका थिए । पछि हाँक साप्ताहिक , फेसबुक र विभिन्न अनलाइनहरु बाट आचार्यको सो कविता प्रकासित भयो र त्यसले धेरै चर्चा पनि पायो । आचार्यको त्यही चर्चित कवितालाइ काटछाट गरेर रक्तिम सास्कृतिक अभियानका महासचिव जनगायक उदय रिजालले पिपलु हु म बोलको गीत तैयार पारेका थिए । यसरी त्यस्तो पृष्ठभुमिमा लक्षिराम आचार्यले लेखेको उक्त कविता ३ बर्ष पश्चात् अब पिपलु हु म बोलको गीत बनेर भिडियो सहित दर्शक श्रोता माझ आइपुगेको छ ।
जनगीत पिपलु हु म भिडियो सहित जुन रुपमा दर्शक श्रोता माझ आइपुगेको छ त्यस प्रती पुर्ण सन्तुष्ट देखिन्छ्न सर्जक आचार्य । कुनै खास विशेष परिस्थितिमा सृजना गरिएको भएतापनी मेरो उक्त कविताले हर क्षेत्रका सत्यपथका यात्रीहरुको मनको भावना बोलेको थियो । त्यसलाइ गीतमा रुपान्तरण गरेर , जुन कथा बस्तुमा उनेर भिडियो सहित अहिले जुन रुपमा सार्वजनिक भएको छ , त्यस प्रती म पुर्ण सन्तुष्ट छु ।  हाल माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका सर्जक आचार्य भन्छ्न ” यो गीत निर्माणमा अमुल्य योगदान पुर्याउनु हुने सङ्गितकार , गायक , गायिका , निर्देसक , कलाकारहरु र प्राबिधिकहरु सम्पुर्ण प्रती कृतज्ञताका साथ म हार्दिक आभार ब्यक्त गर्न चाहान्छु” ।

सुन्दर सङ्गीत र स्वर ,उर्जाशिल सन्देस 

कुनै पनि गीत राम्रो बन्नका लागि शब्द , सङ्गीत र स्वरको तारतम्यता मिलेको हुनु पर्दछ । सर्जकले जुन भावमा डुबेर गीतका शब्दहरुको सृजना गरेको हुन्छ , त्यसलाई बुझेर सङ्गितकारले न्यायपुर्ण सङ्गीत दिन सक्यो र गायक गायिकाहरुले त्यो भावलाइ आत्मसात गरेर स्वर दिन सके भने मात्र गीत सुन्दर बन्न सक्छ । जनगीत  पिपलु हु म  मा शब्द, सङ्गीत र स्वर तिनै पक्षको तारतम्यता राम्रो सङ्ग मिलेको छ । जुन गहिराइमा डुबेर सर्जक आचार्यले गीतका शब्दहरु लेखेका छन त्यसलाइ बुझेर गीतका शब्द भाव प्रती पुर्ण न्याय हुनेगरी नारायण दङ्गालले निकै सुन्दर सङ्गीत भरेका छन । बरिस्ठ जनगायिका निलिमा पुन र जनगायक उदय रिजालको स्वरले गीतको सुन्दरतामा  सुनमा सुगन्ध  थपेको छ । गीतको शब्द भावलाइ पुर्ण रुपमा आत्मसाथ गर्दै स्वर दिएका छन गायक गायिकाले । यसरी शब्द , सङ्गीत र स्वर तिनै पक्षको सुन्दर संयोजन बाट एउटा निकै मीठो र कर्णप्रिय गीत निर्माण भएको छ ,पिपलु हु म ।
पिपलु हु म , मुलतः एक सन्देसमुलक र चेतनामूलक गीत हो । यो गीतले मानिसलाइ अप्ठ्याराहरु सङ्ग जुध्न सिकाएको छ । सत्यपथमा अबिचल्लित किसिमले हिड्न सिकाएको छ । यो एक उर्जाशिल गीत हो । मानिसको जिवनमा अनेकन प्रकारका दुख कष्ट , समस्या र चुनौतिहरु आउन सक्छ्न । जनगीत पिपलु हु म  ले मानिसहरुलाइ समस्या र चुनौतीहरु सङ्ग सम्झौता गर्न र झुक्न होइन डटेर सामना गर्न , निरास नहुन अभिप्रेरित गरेको छ । यो एक आसाबादी गीत हो । निरासता र बैराग्यतालाइ परास्त गर्दै मन भित्र साहास र उर्जा भर्न यो गीतले मद्दत गर्नेछ । यो सत्य , समानता र न्यायका पक्षधर हरेक अभियात्रीहरुको साझा गीत हो । जनगीतहरुमा मुख्य कुरा भनेको त्यसले दिने सन्देस नै हो । ब्यवसायिक गीतहरु मुनाफा र धनआर्जनको अभिलाषालाई प्राथमिकतामा राखेर ल्याइएको हुन्छ भने जनगीतहरु निष्चित सन्देस र चेतना प्रवाह गर्ने उदेश्यले आएका हुन्छ्न । नेपाली साङ्गितिक बजार यतिबेला मनोरञ्जन र ब्यवसायिकताका नाममाआएका छाडा , अश्लील र काल्पनिक गीतहरु बाट आक्रान्त छ । त्यसप्रकारका अश्लील गीतहरुलाइ बिस्थापित नगर्दा सम्म हामिले सुसभ्य र सम्मुन्नत समाज निर्माण गर्न सक्दौनौ । यसर्थ  पिपलु हु म  जस्ता जनगीतहरु अरु धेरै निर्माण हुनु जरुरी छ यहाँ ।
अन्त्यमा , सत्यपथका अभियात्रीहरुको जिवन्त गाथा बोकेको यस्तो चेतनामुलक र सन्देसमुलक गीत ल्याएकोमा सर्जक , सङ्गितकार , गायिका , गायक , निर्देसक , छायाकार र कलाकारहरु लगायत पिपलु हु म गीत निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्णलाई हार्दिक धन्यवादका साथ यो गीतले सफलताको शिखर चुमोस हार्दिक शुभकामना पनि ।
(आखिर कस्तो छ त जनगीत  पिपलु हु म ), अब उदय रिजाल युटुब च्यानलमा गएर हेरौ र सुनौ

IME Remittance