सङ्गीत अभियात्रा ऐतिहासिक कार्यको थालनी : मुख्यमन्त्री शर्मा

७ चैत्र २०७९ ,बिरेन्द्रनगर सुर्खेत / कर्णाली प्रदेसका मुख्यमन्त्री राजकुमार शर्माले “राष्ट्रका लागि सङ्गीत अभियात्रा ” ऐतिहासिक कार्यको थालनी भएको बताएका छन । मुख्यमन्त्री निवास बिरेन्द्रनगरमा चैत्र ७ गते बिहान अभियान टोलिलाइ स्वागत गर्दै मुख्यमन्त्री शर्माले सो कुरा बताएका हुन ।

“कला क्षेत्रले राजनैतिक परिबर्तनमा दिएको योगदान अतुलनीय छ । ” – मुख्यमन्त्री शर्माले भने – ” वाम आन्दोलनमा अहिले शुद्धीकरणको आवस्यकता छ । सङ्गीत अभियात्रा ऐतिहासिक कार्यको थालनी हो । ” हिजो संघर्षका समयमा गाउदै र नाच्दै गरेका साथिहरु एक चिहान भएको सम्झिदा कार्यक्रममै भावुक बनेका शर्माले त्यही बलिदान बाट देशमा धेरै ठूलो परिबर्तन भएको बताए । तर सहज परिस्थितिमा आइपुग्दा वामशक्तिहरु रौचिरा हुनु दु:खद रहेको उनको भनाइ थियो । “गाउदै र नाच्दै गरेका साथिहरु एक चिहान भएको सम्झिदा म अलि भावुक हुन्छु ।

बलिदान बाट धेरै ठूलो परिबर्तन भएको छ तर सहज परिस्थितिमा आइपुग्दा हामी रौ चिरा किन हुने ??” – शर्माले भने – ” हामी स्वार्थ केन्द्रिय भयौ तर अब हामी जनता तिर , गाउतिर फर्किनु पर्छ । वाम आन्दोलनमाथी अहिले भैरहेको हमलाको प्रतिकार हामिले संयुक्त रुपमा मिलेर मात्र गर्न सक्छौ ।” सम्बोधनका क्रममा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा सास्कृतिक सम्मेलन गर्ने सोच आफुले बनाएको बताए । – कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताउदै शर्माले आफू नेता भन्दा पनि जनताको एउटा कामदार भएको प्रस्ट पारे ।

अभियान टोलिका तर्फ बाट स्वागत समारोहमा मन्तव्य राख्दै वरिष्ठ जनगायक जीवन शर्माले आफुहरुको अभियानले विभिन्न चिरामा बिभक्त रहेका वाम पार्टिहरुलाइ एकढिक्का हुन अभिप्रेरित गर्ने बिस्वास ब्यक्त गरे । अभियानले साझा बिषय मात्र लिएर हिडेको स्पस्ट पार्दै जनगायक शर्माले स्वागत र सत्कारकालागी मुख्यमन्त्री शर्मालाइ अभियान टोलिका तर्फ बाट हार्दिक आभार ब्यक्त गरे ।

समारोहमा बरिस्ठ जनगायक उदय श्रेष्ठ , मणि थापा र चिरण सिले समेत बोलेका थिए । समारोहमा मुख्यमन्त्री शर्माले अभियान टोलिका अभियात्रीहरु जीवन शर्मा , उदय श्रेष्ठ , मणि थापा , चिरन सि , नारायण शर्मा , कुस्मिता दर्लामी , निलिमा पुन , कर्ण गौतम “बिद्रोही” , मोहित श्रेष्ठ , लक्ष्मी रिजाल “उदय ” , लक्षमण पाख्रिन , अनु शर्मा , सन्ध्या घर्ती मगर , कबिता पुन , हिमशिखर र लक्ष्मी केसिलाई ढाकाको खादा लगाइदिदै स्वागत र सम्मान गरेका थिए । समारोहमा नेकपा ( माओवादी केन्द्र )का नेताहरु काली बहादुर मल्ल र भिम प्रसाद शर्मा लगायतको समेत आतिथ्यता रहेको थियो । ” राष्ट्रका लागि सङ्गीत अभियात्रा ” अन्तरगत आज चैत्र ७ गते दिउस २ बजे देखि बिरेन्द्रनगर स्थित आँखा अस्पताल नजिक रहेको सिटि सभा हलमा ” जनसाङ्गितिक कार्यक्रम ” प्रस्तुत हुनेछ ।

IME Remittance