लम्की , कैलाली / राष्ट्रका लागि सङ्गीत अभियात्रा लिएर देशब्यापी अभियानमा निस्किएको जनकलाकारहरुको टोलिलाइ कैलालिको लम्कीमा भब्य गरिएको छ । अभियात्राले चैत्र ४ गते धनगढी बाट अभियान सुरु गर्दैछ । धनगढी तर्फ जाँदै गरेको अभियान टोलिलाई कैलालीमा कृयासिल वामघटकका नेता कार्यकर्ताहरुले चैत्र ३ गते संयुक्त रुपमा भब्य स्वागत गरेका हुन ।
कार्यक्रममा अभियान टोलिमा सहभागी सम्पुर्ण जनकलाकारहरुले परिचयात्मक मन्तब्य राखेका थिए । बरिस्ठ जनगायक उदय श्रेष्ठ , मणि थापा , चिरण सि , निलिमा पुन , मोहित श्रेष्ठ , नारायण शर्मा , कर्ण गौतम ” बिद्रोही ” लक्षमण पाखृन , अनु शर्मा , सन्ध्या जिएम , कबिता पुन मगर र लक्ष्मी केसि लगायतले अभियान यात्रीका तर्फ बाट परिचयात्मक मन्तब्य राखेका थिए । नेकपाका केन्द्रीय सदस्य गणेश ढकालको सन्चालनमा स्वागत कार्यक्रम अघि बढेको थियो ।
कार्यक्रममा प्रगतिबादी कवि कर्ण थापाले स्वागत मन्तब्य राखेका थिए । “जनयुद्ध”का घाइते कमरेड पर्वतको समेत आथित्यता रहेको सो स्वागत कार्यक्रममा नेकपा (एमाले) , नेकपा (एकीकृत समाजबादी) , नेकपा ( माओवादी केन्द्र ) र विप्लव नेतृत्वको नेकपाका स्थानिय तथा केन्द्रका नेता/ कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
“राष्ट्रका लागि सङ्गीत अभियात्रा ” अभियान टोलिले आज चैत्र ३ गते नै इमेज होटलको सभाहल धनगढीमा पत्रकार सम्मेलन गर्नेछ । ” राष्ट्रको लागि सङ्गीत अभियात्रा २०७९ – ०८० ” को देशब्यापी कार्यक्रम तालिका यस प्रकार रहेको छ :-


